होमपेज / राजनीति
फागुन २५,सल्यान
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सल्यानको समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतणना अनुसार प्रत्यक्षमा दोस्रो भएको रास्वपा समानुपातिक तर्फ भने पहिलो भएको छ । निर्वाचन कार्यालयका अनुसार रास्वपाले २५ हदार ६ सय ६५ मत प्राप्त गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले २० हजार ३ सय २९ मतसहित दोस्रो हुँदा नेपाली कांग्रेसले १६ हजार ०६१ मत ल्याएको छ । यस्तै नेकपा एमालेले १४ हजार ०९२ मतसहित चौथो स्थानमा सिमित भएको छ । २०७९ को निर्वाचनमा जिल्लामै पहिलो भएको एमाले थौथो र चौथो भएको रास्वपा ०८२ मा पहिलो भएको छ ।
जिल्लामा समानुपातिक १ लाख ६२ हजार ५४५ मतदाता रहेको सल्यानमा ८३ हजार ८२५ मत खसेको थियो । जसमा ३ हजार ०३५ मत बदर हुँदा ८० हजार ७९० मत मात्र सदर भएको थियो ।
प्रत्यक्ष तर्फ नेपाली कम्युनिस्ट पार्टीका रमेश कुमार मल्ल २३ हजार १८९ मत ल्याएर निर्वाचित हुनु भएको थियो ।





.jpg)