ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा सल्यानले प्रतिनिधि सभा चुनाव लक्षित घरदैलो अभियान सञ्चालन गर्दै

  सल्यान खबर डेस्क २०८२ माघ २२ गते बिहीबार १९:३८:३३ मा प्रकाशित

सल्यान, माघ २३ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ८३ वटै वडामा घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। अभियान माघ २५ गते कपुरकोट–६ बाट सुरु भई फागुन १६ गते सिद्धकुमाख–५ मा पुगेर सम्पन्न हुने छ।

घरदैलो अभियानमा पार्टीका प्रतिनिधि सभा उम्मेदवार रमेश कुमार मल्ल, साथै नेकपाका केन्द्रीय नेता प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीम प्रकाश शर्मा, उदय वोहरा लगायतका नेताहरू सहभागी हुनेछन्। पार्टीले मतदातालाई आफ्ना चुनाव चिन्ह, घोषणा पत्र, दीर्घकालीन र अल्पकालीन विकास योजना सम्बन्धी जानकारी दिने योजना बनाएको छ।

पार्टीका प्रचार समितिका संयोजक रमेश गौतमले अभियानको मुख्य उद्देश्य मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका लक्ष्य र विकास योजनाहरू बुझाउनु र मत माग्नु रहेको बताउनुभयो। यसरी नेकपाले गाउँ–टोल–वडासम्म पुगेर घरदैलो मार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क गर्ने रणनीति अघि सारेको छ।

गौतमका अनुसार, अभियानको दौरान मतदातासँग कार्यक्रम, विकास योजना, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक–आर्थिक विषयमा छलफल गरी स्पष्ट जानकारी प्रदान गरिनेछ। यस अभियानले पार्टी र उम्मेदवारका नीतिहरू प्रत्यक्ष रूपमा मतदातासम्म पु¥याउने अपेक्षा गरिएको छ।

 मतदाताले नेकपा उम्मेदवारलाई विजयी बनाएर सल्यान जिल्लाको समग्र विकास र दीगो समृद्धिको मार्गमा सहकार्य गर्ने अवसर प्राप्त विश्वास रहेको गौतमको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top