ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस सल्यानको पालिका स्तरीय भेटघाट तथा छलफल कार्यक्रम सुरु

  सल्यान खबर डेस्क २०८२ माघ १६ गते शुक्रबार १९:२४:५६ मा प्रकाशित

नेपाली कांग्रेस सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार केश बहादुर विष्ट लाई अत्याधिक बहुमतले विजयी बनाउन आज बनगाड कुपिण्डेमा नगरपालिका निर्वाचित लक्षित भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। विकासका आयामहरुका साथ सल्यानको मुहार फेर्न, लोकतन्त्रको रक्षा गर्न र जनताको आवाज सदनसम्म पुर्‍याउन केश बहादुर विष्ट को जित अपरिहार्य रहेको र सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुक महानुभावहरूको उत्साहले हाम्रो विजय सुनिश्चित रहेको केशबहादुर बिष्टले बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिकाका सभापति पुरुषोत्तम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन मूल आयोजक समितिका संयोजक एकराज डागी सहसंयोजक सन्तोष केसी कर्णाली प्रदेश उद्योग पर्यटन तथा वनमन्त्री सुरेश अधिकारी माननीय लक्ष्मी सुनार जिल्ला कार्यसमिति सचिव तथा शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी सचिव एकराज बुढाथोकी लगायतको उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top