होमपेज / राजनीति
माघ १६,सल्यान
प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी प्रवेश गर्नेको लहर बढेको छ ।
पछिल्लो समय विभिन्न पार्टी छोडेर क्रियाशिल नेता तथा कार्यकर्ताहरुले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेका छन् । शुक्रवार मात्रै नेकपा एमाले र नेपाली काँग्रेस छोडेर दर्जनौँ नेताकार्यकर्ताले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको नेकपा सल्यानले जनाएको छ । शारदा नगरपालिका ८ सिमखर्कमा आयोजित कार्यक्रममा नेकपा एमाले परित्याग गरि पुराना नेता टेक वहादुर विक सहित, मान वहादुर विक, जुद्ध वहादुर विक, फत्ते वहालुर वस्नेत, रमेश विक, डिल्ली वहादुर विक, कुल वहादुर विक सहित २३ जना र नेपाली काग्रेसवाट रेशम वहादुर वस्नेतले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो ।
नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य रमेश कुमार गौतमले टिका र माला लगाउँदै स्वागत गर्नुभएको हो । नेता लुट वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रमेशकुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यहरु नविनसिंह भडेँल, कल्पना सेजवाल, रोमप्रकाश थापा, मोहनलाल वुढाथोकी, डम्बरसिंह तिरूवा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गणेश बस्नेतले गर्नुभएको थियो ।
यसैविच यस वडामा लुट वहादुर केसी संयोजक र घनश्याम सुनार सहसंयोजक रहेको निर्वाचन परिचालन कमिटी निर्माण गरिएको पार्टीले जनाएको छ ।





.jpg)