होमपेज / राजनीति
माघ १४,सल्यान
सल्यानका राजनीतिक दल, उम्मेदवार, पत्रकार, कर्मचारी लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसहिंता पालना गर्ने सबै पक्षाले प्रतिवद्धता जनाएका छन् ।
बैठ्कमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लेले प्रतिवद्धता जनाउनु भयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो ।
स्वतन्त्र उम्मेदवार धुवराज वलीले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारकर्मी र पत्रकार प्रतिवद्ध भएको बताउनु भयो । उहाँले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताउनु भयो । निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उनको भनाइ छ । तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ सापकोटाले बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताउनुभयो ।सबैको लक्ष्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले निर्वाचन आचारसंहिता–२०८२ का विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उनले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको बताउनु भयो ।





.jpg)