होमपेज / राजनीति
माघ ९,सल्यान
सल्यानमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र आम जनता पार्टीका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रलोपाका शन्तोष कुमार राई र आम जनता पार्टीका मानसिहं विकले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिनु भयो ।
उम्मेदवारी फिर्ता लिएका राईले नेकपा (एमाले) का उम्मेदवार गुलाब जंग शाहलाई समर्थन गर्ने हुनु भएको छ भने वि.कले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ललाई समर्थन गर्ने हुनु भएको छ । २०४८ सालदेखि एमालेमा रहि काम गरेको बताउँदै राई प्रलोपा त्यागेर एमालेमा नै फर्किएर राइद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । २ जनाले उम्मेदवारी फिर्ता लिएसँगै दुई स्तन्त्र सहित १४ जना उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सल्यानमा ७९ हजार १ सय २८ महिला र ८३ हजार ३ सय २१ पुरुष गरी १ लाख ६२ हजार ४ सय ४९ मतदाता रहेका छन् ।





.jpg)