ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा दुई स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी

  सल्यान खबर डेस्क २०८२ माघ ६ गते मंगलबार १८:२७:३१ मा प्रकाशित

 माघ ६,सल्यान 
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा दुई स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी परेको छ । १४ राजनीतिक दल र दुई स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीका लाल बहादुर थापा, नेकपा (माओवादी) चन्द्र बहादुर खड्का, राप्रपाबाट अनिषा नेपाली, नेशनल रिपब्लिक नेपालका डिल्ली बहादुर घर्ती, प्रगतिशिल लोकतान्त्रिक पार्टीका सन्तोष कुमार राई आम जनता पार्टीका मानसिहं कामीले उम्मेदवारी दिनु भएको मुख्य निर्वाचन अधिकृत प्रसाद कुमार योगीले जानकारी दिनु भयो । 

यस्तै एमालेका गुलाब जंग शाह, नेपाली कम्युनिस्ट पार्टीका रमेश कुमार मल्ल, नेपाली काँग्रेसका केश बहादुर विष्ट, सयुक्त नागरिक पार्टीका कालिदास वि.क, राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्द, राष्ट्रिय जनमोर्चा पार्टीकी कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशन बाँल सिहं घर्ती, जन संस्कृतिक पार्टीका धन बहादुर बुढा मगर रहनु भएको छ । स्वतन्त्रबाट धुर्वराजल वली र जुद्ध बहादुर सिहंको उम्मेदवारी परेको योगीले बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top