ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभामा सल्यानबाट गुलाब जङ शाह एकल सिफारिस

  सल्यान खबर डेस्क २०८२ पौष १८ गते शुक्रबार १८:२०:२४ मा प्रकाशित

पुष १८,सल्यान 
नेकपा (एमाले) का कर्णाली प्रदेश अध्यक्ष गुलाब जंङ शाह फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट एकल सिफारिस हुनु भएको छ । शुक्रबार सल्यान खलंगामा सम्पन्न एमालेको आठौं पूर्ण बैठकले शाहलाई प्रतिनिधि सभा निर्वाचनका लागि एकल सिफारिस गरेको हो । 

शाहको योग्यता, अनुभव र कर्णाली प्रदेशमा पार्टीको नेतृत्व तथा देशको राजनीतिक क्षेत्रमा खेलेको प्रभावकारी भूमिकालाई ध्यानमा राखेर जिल्ला कमिटीको पूर्ण बैठकले सर्वसम्मत रुपमा एकल सिफारिस गरेको एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले बताउनु भयो । 

शाह २०७९ मा सल्यानको प्रदेश सभा (ख)मा पनि उम्मेदर हुनु भएको थियो । उहाँ कर्णाली प्रदेशका वर्तमान उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीसँग ३ हजार ७९० मतान्तरले पराजित हुनु भएको थियो । शाहले १६ हजार ६१८ मत प्राप्त गर्नु भएको थियो । 
फागुन २१ मा प्रतिनिधि सभामा नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीले ५/५ जनाको नाम सिफारिस गरि सकेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top