ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानबाट कांग्रेसका ६ उम्मेदवार सिफारिस

  सल्यान खबर डेस्क २०८२ मंसिर २४ गते बुधबार १४:४४:३६ मा प्रकाशित

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सल्यानबाट नेपाली कांग्रेसले ६ जनाको नाम सिफारिस गरेको छ।

कांग्रेस सल्यानले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ नौजनाको नाम सिफारिस गरेको कांग्रेस सल्यानका उपसभापति सन्तोष केसीले जानकारी दिए।

प्रत्यक्षतर्फ केशबहादुर विष्ट, सन्तोष केसी, एकराज डाँगी, मान बहादुर डाँगी, दिपेन्द्र कुमार खत्री र सुरेश चन्दको नाम सिफारिस भएको हो। समानुपातिकतर्फ खसआर्यमा चक्र देवकोटा, प्रेमबहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द र धुब्रबहादुर मल्लको नाम सिफारिस हुँदा महिलामा शुवद्रा बस्नेत, सीता गिरी, विष्णु कुमारी शर्मा र दलितमा चक्रबहादुर परियारको नाम सिफारिस गरिएको छ।

बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरेको छ। राष्ट्रिय सभाका लागि धुर्वराज पुरीको एकल नाम सिफारिस भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top