होमपेज / राजनीति
भदौ १४,सल्यान
नेपाल उद्योग व्यापार महासंघ सल्यानको अध्यक्षमा राजेन्द्र बहादुर भण्डारी निर्वाचित हुनु भएको छ । शनिबार सल्यान श्रीनगरमा सम्पन्न महासंघको भेलाले भण्डारीको अध्यक्षतामा ११ सदस्सीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
उपाध्यक्ष घनश्याम अधिकारी, विमला गिरी र डम्बर बहादुर कंवर , महासचिव शेर बहादुर वली, सचिव हरि खड्का सह सचिव हिरा बोहरा र कोषाध्यक्षमा रण बहादुर बुढा रहनु भएको छ । यस्तै सदस्यहरुमा लाल बहादुर बोहरा, बालकृष्ण खड्गी र रुपलाल योगी रहनु भएको छ ।
कार्यक्रममा नेकपा (माआवादी) सल्यानका जिल्ला संयोजक मान बहादुर मल्ल, नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय सचिवालय सदस्य सर्वजित वली, नि वर्तमान जिल्ला समन्वय उपप्रमुख हरि प्रकाश बुढाथोकी, नेकपा (माओवादी केन्द्र ) शारदा नगरपालिका अध्यक्ष मोहनलाल बुढाथोकी , छत्रेश्वरी गाँउपालिका अध्यक्ष हिमाल योगी सल्यान उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष पवन कार्की लगायतका उपस्थिति रहेको थियो ।





.jpg)