होमपेज / राजनीति
भदौ ४, सल्यान ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भीम प्रकाश शर्माले सहिदले देखाएको बाटोमा लामबद्ध हुनुपर्ने बताएका छन् ।
आम मान्छेको मुक्तिको साथसाथै समृद्धिको लागि पनि सहिदले बलिदान दिएको भन्दै उनले सहिदका सपना पूरा गर्नलाई पनि समृद्धिका लागि आर्थिक उन्नति सहितको उत्पादनमा लाग्नुपर्ने बताएका हुन ।
कुमाख ६ बडागाउँ वेशीटोल निवासी सहिद अनिता शर्मा ९सम्झना०को २३ औ स्मृति दिवसको अवसरमा बडागाउमा भएको कार्यक्रमलाई सम्बोधनका क्रममा कर्णाली सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य समेत रहेका शर्माले सहिदले जनताको निम्ति बगाएको रगतको सम्मानका लागि जनप्रतिनिधि पनि इमानदार हुनुपर्ने बताएका हुन ।
कार्यक्रममा सहिद अनिता शर्माका बुबा हस्तु जैसीले जो सुकैले आफ्नो ज्यान दिन नसक्ने भन्दै आफ्ना सन्तानले जनताकै निम्ति रगत बगाएको बताए ।
पार्टीका केन्द्रीय सदस्य दिलमाया बुढा मगर महिलाले समाज परिवर्तनको लागि कुमाखमा ८ जना र सल्यानमा ३३ महिलाले बलिदान दिएको बताउँदै सहिद कुनै पार्टीका होइनन्, सहिद त राष्ट्रका भएको बत्ताइन ।
प्रदेश कमिटी सदस्य हरि प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा देखिने चर्चाका पछाडि नलाग्न भन्दै अहिलेका उपलब्धि लाई सहिदको बलिदानसँग जोड्नुपर्ने बताएका हुन । प्रदेश कमिटी सदस्य डिल्लीराज जैशीले सामाजिक सञ्जालबाट समाज कब्जा गर्न खोजेका देखि सावधान हुनुपर्ने भन्दै जनताका दुःख पिडामा नदेखिने नयाँ हौ भन्दै देखिएका पुरानाहरूबाट केही नहुने बताए ।
कार्यक्रममा पार्टीका पालिका अध्यक्ष डिल्ली बहादुर राना, वडा नं ६ का सरकारका अध्यक्ष कर्ण बहादुर विकले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।
वडाध्यक्ष हरिलाल बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेमन्त शर्मा र सहभागीलाई वडामा उपाध्यक्ष रविन भडेल स्वागत गरेका थिए ।





.jpg)