होमपेज / राजनीति
साउन २७, सल्यान ।
सल्यानको अग्लो धार्मिक स्थल कुमाख लेख मुनि पर्ने कुमाख मेला स्थलमा प्रतीक्षालय निर्माण कार्य सुरु गरिएको छ। उत्पादन तथा श्रममा वाइसीएल अभियान अन्तर्गत देशव्यापी रूपमा सञ्चालन भइरहेको अभियानलाई आत्मसात् गर्दै वाईसिएल सल्यानले मङ्गलवार यो अभियानको आरम्भ गरेको हो।
दुई दिने कार्यक्रमअन्तर्गत विभिन्न निर्माण कार्य सम्पन्न गरिने वाइसीएल सल्यानका अध्यक्ष खड्क खड्काले जानकारी दिए। उनका अनुसार कार्यक्रमको समापन साउन बुधवार हुने छ।
प्रतीक्षालय निर्माण कार्यको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दिलमाया बुढाको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा वाइसीएलका जिल्ला इन्चार्ज धन बहादुर परियारको नेतृत्वमा निर्माण कार्य भइरहेको र यस अभियानले गाउँमा विकास र श्रमको सम्मानसँगै सामुदायिक सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतीक्षालय निर्माणका लागि ३ दर्जन वाइसिएल कार्यकर्ता र स्थानीयको सहभागिता रहेको छ ।
उक्त स्थानमा दशैको कोजाग्रत पूर्णिमा भन्दा भोलिपल्ट ठुलो मेला लाग्ने गर्छ ।





.jpg)