ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेश सरकारले नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाख बजेट दिने

  सल्यान खबर डेस्क २०७६ चैत्र २५ गते मंगलबार १९:५४:४५ मा प्रकाशित

चैत २५, सल्यान 
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण,उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न नगरपालिका र गाउँपालिकालाई बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश मन्त्रीपरिषदको वैठ्कले नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाख रुपैया दिने निर्णय गरेको हो । 


मगलबार बसको मन्त्रीपरिषदको बैठ्कले विरेन्द्र नगरपालिका सुर्खेतलाई ३० लाख  अन्य नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १५ लाख स्थानीय तहले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता विमला केसीले बताइन । 


वैठेकले देश बाहिर र प्रदेश बाहिर अलपत्र परेका कर्णाली प्रदेशका नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । ठुलो मात्रामा भारत लगायतका अन्य देशबाट आएका कर्णाली प्रदेशका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिम भएकाले तत्काल घुम्ती प्रयोगशाला परीक्षण सेवा व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता केसीले बताइन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top