ट्रेण्डिङ

होमपेज / राजनीति

एकीकृत समाजवादी सल्यानले किसानको खेतमा धान रोपेर मनायो धान दिवस

  सल्यान खबर डेस्क २०८२ असार १५ गते आइतबार २१:५२:५५ मा प्रकाशित

असार १५,सल्यान 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको छ । कृषकको खेतमै पुगी धान रोपेर  दिवस मनाएको हो । सल्यानको शिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाको सिमाक्षेत्र,झारगाउ गतेर्नमा यज्ञ वहादुर रेउले सहितका किसानको खेतमा धान रोपिएको नेकपा (एकीकृत समाजवादी)ले जानकारी दिएको छ  । 

कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष रमेशकुमार गौतम,सचिव प्रेम डागी,उपसचिव मनविर वस्नेत,जिल्ला कमिटि सदस्य सुुकलाल खड्का,रमेश गिरी, शिद्धकुमाख गाउँपालिका कमिटी अध्यक्ष तारा गिरी,उपाध्यक्ष हुमलाल सुनार शारदा नगर कमिटी उपसचिव वीर वहादुर डागी लगाएतको सहभागीता  रहेको थियो। श्रमजीवी र किसानहरूको साथमा एकाकार हुँदै उहाँहरूलाई धान दिवसको शुभकामना दिन तथा पार्टी समग्र किसान वर्गको साथमा रहेको सन्देश दिन र उत्साहित गर्न धान दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top