होमपेज / राजनीति
जेठ १३,सल्यान
सल्यानमा घर बिमा कार्यक्रम सञ्चालन गरिएको छ । सल्यानको शारदा नगरपालिका भित्र रहेका १० हजार घरधुरीको घरबिमा कार्यक्रम सञ्चालनमा आएको हो । सल्यानबाट कर्णाली प्रदेश सरकारले आह्रावन गरेको निवेदनमा शारदा नगरपालिकाले मात्र निवदेन पेश गरेको थियो ।
प्राकृतिक विपद् लगायतको भवितव्यबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न पालिका भित्र स्थायी बसोबास भएको नागरिकको निजी आवासीय घरमा बिमा कार्यक्रम लागुका गरिएको शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनु भयो ।
कर्णाली प्रदेस सरकारले ल्याएको घर बिमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो कार्यविधि अनुसार एकाघर परिवारको एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गर्नेछ ।
कर्णाली प्रदेश सरकारले प्रतिघर अधिकतम २० लाख बिमांक बराबरको जोखिम मूल्यांकन हुन आउने बिमा शुल्क बापतको रकम मात्र भुक्तानी गर्ने छ ।
घर बिमा कार्यक्रम अन्तर्गत भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरी, जमिन भासिएको वा धाँसिएका, असिना पानी, हवाई दुर्घटना लगायतका ९ प्रकारका विपद्बाट क्षतिग्रत भएको घरको बिमा मार्फत क्षतिपूर्तिमा दिने व्यवस्था कार्यविधिमा रहेको छ ।
विपद्का दृष्टिले जोखिमयुक्त पालिका भएकाले नागरिकको निजी आवासीय घरको प्राकृतिक विपद्बाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति दिलाउन घर बिमा कार्यक्रम प्रभावकारी हुने शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनु भयो ।
काठ घर, पराल र ढुंगामाटोले जोडेर बनाइएका घरमा भने यो कार्यक्रम लागु हुने कार्यविधिमा उल्लेख छ ।





.jpg)