ट्रेण्डिङ

होमपेज / राजनीति

पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बको भ्रष्टाचार मुद्दा दायर

कांग्रेस सांसद बस्नेत सांसद पदबाट स्वतः निलम्बित

  सल्यान खबर डेस्क २०८२ जेठ १ गते बिहीबार १३:५०:५२ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरीङ एण्ड फ्रड कन्ट्रोल सिष्टम(टेरामक्स) खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपाल दुरसञ्चार प्राधिकरणमार्फत खरिद गरिएको सो प्रणालीमा तीन अर्ब २१ करोड भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

बस्नेत सञ्चारमन्त्री भएको अवस्थामा खरिदको काम भएको हो। बस्नेत नेपाली कांग्रेसका सांसद हुन्। 

आयोगले प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसचिव धनराज ज्ञवाली, प्राधिकरणका पूर्वसदस्य टिका उप्रेतीसहित प्राधिकरणका कर्मचारी र आपुर्तीकर्ता कम्पनीलाई प्रतिवादी बनाएको छ। 

कांग्रेस सांसद बस्नेत सांसद पदबाट स्वतः निलम्बित

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो मुद्दा दायरसँगै उनी सांसद पदबाट स्वतः निलम्बित भएका हुन् ।

भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top