ट्रेण्डिङ

होमपेज / राजनीति

योङ्ग कम्युनिस्ट लिग बागचौर नगर अध्यक्षमा बस्नेत 

  सल्यान खबर डेस्क २०८२ बैशाख ६ गते शनिबार २१:२४:४७ मा प्रकाशित

वैशाख ६,सल्यान 
योङ्ग कम्युनिस्ट लिग बागचार नगर कमिटिको अध्यक्षमा मदन बस्नेत निर्वाचित हुनु भएको छ । शनिबार बागचौरमा सम्पन्न तेस्रो नगरसम्मेलनले बस्नेतलाई निविर्रोध अध्यक्षमा निर्वाचित गरेको हो ।

सम्मेलनले बस्नेतको अध्यक्षमा ५१ सदस्सीय नगरकमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा भरत बुढाथोकी, विमला विक र हरिलाल बुढाथोकी,सचिव लक्ष्मण वली, सह सचिव लक्ष्मण करला, मोहन खड्का, गिता केसी र कोषाध्यक्षमा रविन डिसी रहनु भएको छ । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृति बहादुर पुन, पार्टीका केन्द्रीय सदस्य ज्ञान बहादुर वली माइकल, वाइसियलका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक शोभाराम भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

यस्तै योङ कम्युनिस्ट लिग नेपाल कपुरकोट गाउँ समितिको पाँचौं गाउँ सम्मेलन तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कपुरकोट गाउँ समितिको तेस्रो गाउँ सम्मेलन  सम्पन्न  भएको छ । करिब २०० भन्दा बढी नेता कार्यकर्ता, समर्थक उपस्थित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कमला बाठाको अध्यक्षतामा ४९ सदस्यीय अ ने म सँग क्रान्तिकारी तथा जनोम मगर को अध्यक्षतामा ४९ सदस्यीय योङ कम्युनिस्ट लिग नेपाल  कपुरकोट गाउँ समिति गठन भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top