ट्रेण्डिङ

होमपेज / राजनीति

सत्तामा पुग्दा धरातल विर्सिदा जनतामा निरासा छायो :ज्वाला

  सल्यान खबर डेस्क २०८१ चैत्र ९ गते शनिबार १८:१३:२६ मा प्रकाशित

चैत ९,सल्यान 
पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सत्तामा पुगेपछि जनता तथा आफ्नो वास्तविक धरातललाइ बिसिर्दा जनतामा चरम निरासा पैदा भएको बताउनु भएको छ । 

शनिवार सल्यान उद्योग वाणिज्य संघको १३ औं साधारण सभामा बोल्दै पुर्व मन्त्री ज्वालाले सिहंदरबार भित्रको चार दिवाल भित्र पुगीसकेपछि जनता तर्फ राजनीतिक दर उत्तरदायी हुन नसक्दा पछिल्लो सयम जनतामा निरासा उत्पन्न भएको बताउनु भयो । उहाँले भन्नु भयो सिहंदरवारको चार दिवाल भित्र छिरे पनि जनताको अवस्था के छ ? सुकुम्बासी, भूमिहिन, गरिबको अवस्था के छ भनेर त्यतातिर ध्यान दिन नसकेक्दा समस्या उत्पन्न भएको हो । केही तत्वले सडकमा उत्रिन गर्न थालेपछि नेताहरुमा केही चेत खुल्न थालेको ज्वालाको भनाई छ ।

राजनीतिक दलहरुले जनता तर्फ फर्किन जरुरी रहेको र गणतन्त्रलाई सबल र सक्षम बनाउन तिर लाग्न जरुरी रहेको बताउनु भयो । 
जनताले पछिल्लो  शुसाशनको प्रत्याभूति गर्न नसकेको उहाँको तर्क रहेको छ । नेपालको प्रमुख समस्या भनेको कुशुसाशन बेरोजगारी रहेको दावी गर्नु भयो ।उहाँले भन्नु भयो देशमा संस्थागत भ्रष्टाचार, मौलायो जसका कारण गरिखाने जनता झनै गरिब बन्न थाले र राजनीति प्रति वितृष्णा बढ्न थाल्यो । 

यस्तै कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सल्यान कृषिजन्य उत्पादनका हिसाबले अग्रनि जिल्ला भएकाले साना तथा मझौला उद्योगका माध्यमबाट आत्मनिर्भर बन्न सकिने बताउनु भयो । जिल्लाबाट वार्षिक अवौंको कृषिजन्य वस्तु निर्यात हुने बताउँदै त्यसलाई प्रशोधनको व्यवस्था जिल्लामै गर्न सकिए आर्थिक रुपमा सल्यान सम्पन्न हुन सक्ने बताउनु भयो ,। त्यसका लागि कर्णाली प्रदेश सरकार लागि परेको समेत दावी गर्नु भयो । 

यस्तै कर्णाली प्रदेशका निवर्तमान भूमि व्यवस्थाप कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले स्थानीय उत्पादनमा आधारित उद्योग सञ्चालन तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । देशको अर्थतन्त्र कमजोर हुँदै जाँदा त्यसलाई सवल बनाउने भनेको स्थानीय उत्पादनमा आधारित उद्योग नै उत्तम विकल्प रहेको उहाँको दावी रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top