होमपेज / राजनीति
चैत ५,सल्यान
सल्यानका चार क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारी दुई क्याम्पसमा निर्वाचित भएको छ भने अनेरास्ववियु र नेविसंघ समान एक एक क्याम्पसमा निर्वाचित भएका छन् ।
अखिल (क्रान्तिकारी) ले फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण क्याम्पस थारमारेमा जित हात पारेको हो भने अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पस खलंगा र नेविसंघले शिवजन क्याम्पसमा जित हात पारेको हो ।
फारुला बहुमुखी क्याम्पसमा अनेरास्ववियू, नेविसंघ, राप्रपा र विल्लव नेतृत्वको विद्यार्थी संगठनको सयुक्त प्यानललाई पराजित गर्दै अखिल (क्रान्तिकारी) को पुरै प्यानल विजयी भएको छ । अखिल (क्रान्तिकारी) की हिमा शर्मा ६५ मत ल्याएर निर्वाचित हुनु भएको हो ।उहाँका निकटतम प्र्रतिद्धन्द्धी साझा उम्मेदवार निशान देवकोटाले ५१ मत ल्याएका छन् । २०५ मतदाता रहेको फारुला बहुमुखी क्याम्पस दार्मामा १३० मत खसेको थियो ।
यस्तै जनकल्याण क्याम्पस थारमारेमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका गणेश ओली निर्वाचित भएका छन् । ओलीले १९६ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँले १८ मतले पराजित गर्दै जित हात पार्नु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सयुक्त गठबन्धनबाट नेविसंघका उम्मेदवार फलेन्द्र पुरीले १७८ मत ल्याउनु भएको छ ।
सल्यान बहुमुखी क्यम्पसमा अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवार अनेरास्ववियुका विशाल पुनको प्यानल विजयी भएको छ । १२० मत ल्याएर पुन निर्वाचत हुनु भएको हो । उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका सितल कंवरले ३० मत प्राप्त गर्नु भएको छ ।
यस्तै शिवजन क्याम्पसमा अनेरास्ववियू र नेविसंघ सयुंक्त प्यानलबाट नेविसंघका सञ्जय हमाल निर्वाचित हुनु भएको छ । उहाँले १९४ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका रोशन खड्कीले ८७ मत प्राप्त गर्नु भएको छ ।
जिल्लाका सात क्याम्पस मध्ये तीनमा निर्वाचन र तीनमा निविर्रोध नेतृत्व चयन भइसकेको छ । बनगाड क्याम्पस बनगाडमा अखिल (क्रान्तिकारी) का जीवन विष्ट शारदा क्याम्पसमा शंखमुलमा अनेरास्ववियु का विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निविर्रोध निर्वातित भइसकेका छन् ।
यससँगै सल्यानमा तीन क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघ समान दुई दुई क्याम्पसमा निर्वाचित भएको छ ।





.jpg)