ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानका चार वटै क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

  सल्यान खबर डेस्क २०८१ चैत्र ५ गते मंगलबार १७:१०:५१ मा प्रकाशित

चैत ५,सल्यान 
सल्यानका सात मध्ये चार वटा क्याम्पसका शान्तिपूर्ण रुपमा  स्ववियु मतदान सम्पन्न भएको छ । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस सल्यान बहुमुखी क्याम्पस र शिवजन क्याम्पस, जनकल्याण क्याम्पस र फारुला बहुमुखी क्याम्पसमा निर्वाचन सम्पन्न भएको हो । 

निर्वाचन कार्यालयका अनुसार ६२५ मतदाता रहेको शिवजन क्याम्पस शितलपाटीमा २९६ मत खसेको छ । यस्तै ५४१ मतदाता रहेको जनकल्याण क्याम्पसमा थारमारेमा ३७८, ३३२ मतदाता रहेको सल्यान बहुमुखी क्याम्पसमा खलंगामा १५८ र २०५ मतदाता रहेको फारुला बहुमुखी क्याम्पस दार्मामा १३० मत खसेको छ । सल्यान बहुमुखी क्याम्पसमा आजै मतगणना हुने भएको छ । 

यस अघि तीन क्याम्पसमा निविर्रोध नेतृत्व चयन भइसकेको छ । बनगाड क्याम्पस बनगाडमा अखिल (क्रान्तिकारी) का जीवन विष्ट शारदा क्याम्पसमा शंखमुलमा अनेरास्ववियु का विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निविर्रोध निर्वातित भइसकेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top