ट्रेण्डिङ

होमपेज / राजनीति

स्ववियु निर्वाचनः सल्यानमा सत्तापक्ष र प्रतिपक्ष दलका विद्यार्थी संगठनको दुई गठबन्धन

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २७ गते मंगलबार १५:०२:१५ मा प्रकाशित

  फागुन २७,सल्यान 

सल्यानमा स्ववियु निर्वाचनमा सत्तापक्ष र प्रतिपक्षका विद्यार्थी संगठन बिच छुट्टाछुटै चुनावि तालमेल गरेका छन् । जिल्लाका ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुदैछ ।

सल्यानका भित्रका स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालमेल गरेर जाने गरी सत्तापक्ष  अनेरास्ववियु , नेविसंघ सयुक्त प्यानल बनाएर जाने सहमति गरेका छन् भने  प्रतिपक्ष दल अखिल (क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियु  विद्यार्थी संगठनहरुले साथै जाने  सहमति गरेका हुन । 

स्ववियु निर्वाचनमा सल्यानमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेबिसंघ बिच गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार सल्यानका ७ मध्ये ३ क्याम्पसको नेतृत्व अनेरास्ववियु र ४ क्याम्पसको नेतृत्व नेबिसंघले लिने भएका छन । जस अनुसार सल्यान बहुमुखी क्याम्पस खलंगा, शारदा क्याम्पस शंखमुल र बनगाड क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने र जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस शितलपाटी, कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट र फारुला बहुमुखी क्याम्पसको नेतृत्व नेबिसंघले लिने सहमति भएको हो ।

 नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु विच सल्यानमा रहेका सबै क्याम्पसहरुमा निर्वाचन प्रक्रियामा संगै जाने गरि सहमति गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top