ट्रेण्डिङ

होमपेज / राजनीति

शारदामा माओवादीको अभियान सुरू, एमालेका पुराना नेता प्रेम शर्मा माओवादीमा प्रवेश

  सल्यान खबर डेस्क २०८१ फाल्गुण २१ गते बुधबार २०:१७:४१ मा प्रकाशित

फागुण २१सल्यान

नेकपा माओवादी केन्द्रले ६ महिने अभियानलाई सल्यानमा व्यापक गरिरहेको छ ।घरघरमा माओवादी जनजनमा माओवादी नारासहित जनतासंग माओवादीका नाममा सुरू भएको अभियान अन्तरगत शारदा नगरपालिकामा विस्तारित बैठक सहित अभियान शुरू भएको हो।

फागुण २४ गते वडा नं ९ बागचौरबाट अभियान उद्घाटन गरिने पार्टीका केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज रत्न बहादुर वलीले जानकारी दिए ।

२ दिन सम्म चलेको बैठकले ६ महिने अभियानको कार्ययोजना तयार पारेको छ ।

कार्ययोजना अनुसार वडाहरूमा भेला तथा सम्मेलन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन, वडा तथा नगरमा ज्ञापनपत्र पेश गर्ने र विशेष अन्तरक्रियाका साथ युवा विद्यार्थीसंग विशेष कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

सहिद सप्ताहका अवसरमा गरिएको कार्यक्रममा पालिका भित्रका १३ सहिद तथा वेपत्ता योद्धाका परिवारलाई सम्मान गरिएको छ ।

कार्यक्रममा वेपत्ता तथा सहिद योद्धा वासुदेव शर्माका भाइ प्रेम शर्माले नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

एमालेका जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका पुर्व अध्यक्ष शर्मा लामो समयदेखी वामपन्थी आन्दोलन कृयाशिल नेता हुन ।

शिक्षण पेशामा आवद्ध शर्माका दाइ बासुदेवलाई माओवादीमा विचार राखेकै आरोपमा २०५९ बैशाख २३ गते जिल्ला शिक्षा कार्यालयमा बोलाएर जिल्ला प्रशासन मार्फत राज्यले शाही सेनालाई बुझाएको थियो ।उनलाई सिमखर्क व्यारेकबाट वेपत्ता पारिएको र राज्यले हत्या गरिसकेको हुनाले परिवारले काजकृया समेत गरिसकेका छन ।

प्रदेश सहइन्चार्ज टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज कृती बहादुर पुन, केन्द्रीय सदस्यहरू टीका बुढाथोकी, रत्न बहादुर वलीले सम्बोधन गरेका थिए ।त्यस्तै बैठकमा प्रदेश सदस्यहरू प्रमोद श्रेष्ठ, नवीन भडेल, हरि बहादुर डिसी, हिमाल यात्रीले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top