ट्रेण्डिङ

होमपेज / राजनीति

बागचौर नगरपालिकाद्धारा दुई करोडको राहत कोष

  सल्यान खबर डेस्क २०७६ चैत्र २३ गते आइतबार १७:२२:४५ मा प्रकाशित

चैत २३, सल्यान 
जिल्लाको बागचौर नगरपालिकाले कोरोना भाइरस विरुद्ध दुई करोडको राहत कोष खडा गरेको छ । आइसोलेसन, क्वारेनटाइन निमार्ण र कुनै शंकास्पद व्यक्ति फेला परेमा उपचारका लागि भन्दै नगरपालिकाले दुई करोडको राहत कोष  खडा गरेको हो । 


कोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोषमा नगरपालिकाले दुई करोडको राहत कोष निमार्ण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले बताए । कोषमा नगरप्रमुखले एक वर्षको सेवा सुविधाको ४ लाख ५० हजार, उपप्रमुखको सेवा सुविधाको ३० हजार, वडा अध्यक्षहरुले एक महिनाको ३० हजार, कार्यापालिका सदस्यहरुको एक महिनाको ११ हजार वडा सदस्यहरुको एक महिनाको सेवा सुविधाका ६ हजार जम्मा गरिनेको उनको भनाई छ ।  


स्वास्थ्यका कर्मचारी र चालकहरु बाहेक अन्य सम्पूर्ण शिक्षकहरु र कर्मचारहरुले पनि एक महिनाको तलव जम्मा गर्ने निर्णय भएको प्रमुख बुढाथोकीले बताए । नगरपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट एक करोड रकम संकलन हुने अनुमान गरिएको छ । 
नगर स्तरीय कोरोना रोकथाम समन्वय समितिको वैठ्कले प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ वेडको

आइसोलेसन निमार्ण गर्ने र जनकल्याण क्याम्पसमा २५ वेडको क्वारेनटाइन, निमार्ण गर्ने निर्णय समेत गरेको नगरप्रमुख बुढाथोकीले बताए । यस्तै क्वारेनटाइन र आइसोलेसन व्यवस्थापनका लागि थप स्वास्थ्यकर्मी भर्ना गर्ने निर्णय समेत गरेको उनको भनाई छ । 
यस्तै दार्मा गाउँपालिकाले ८६ लाख कोष स्थापना गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top