ट्रेण्डिङ

होमपेज / राजनीति

प्रजातन्त्र दिवसको अवसरमा सल्यानमा प्रभातफेरी तथा दिपावली

  सल्यान खबर डेस्क २०८१ फाल्गुण ७ गते बुधबार २१:०५:०८ मा प्रकाशित

फागुन ७,सल्यान
प्रजातन्त्र दिवसको अवसरमा सल्यानमा प्रभातफेरी निकालेर ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा प्रभातफेरी आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानको परिसरबाट सुरु भएको प्रभातफेरी  बजारमा परिक्रमा गरेर प्रजातन्त्र दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।प्रजातन्त्र दिवसको प्रभातफेरीमा सल्यानका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारीका कर्मचारीको उपस्थिति रहेको थियो । यस्तै दिवसको अवसरमा सल्यान सदरमुकाम खलंगामा दिपावली गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top