होमपेज / राजनीति
माघ ३०,सल्यान
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवयये २०६४ सालमा माओवादीलाई नेपाली जनताले दिएको जनमतलाई क्याच गर्न नसकेको बताउनु भएको छ ।
०६४ को शान्तिपूर्ण क्रान्ति भएको बताउँदै उहाँले जनताले जुन आशा र विश्वास दिएका थिए त्यसलाई माओवादीले थेग्न नसकेको बताउनु भयो । त्यसलाई थेग्न नसक्नु नै माओवादीको ठूलो भूल भएको उहाँको भनाई छ ।
बुधबार साँझ सल्यान उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै नेता चन्दले पाँच वर्ष जनयुद्धको स्प्रिडले माओवादीले जनताको पक्षमा काम गर्ने हुटहुटी थियो तर त्यो हुटहुटी कार्यान्वयन हुन सकेन उहाँले भन्नु भयो । अरुलाई पार्टीलाई गाली गर्नु भन्दा हाम्रो आफ्नै कमजोरीका कारण जनताले दिएको भारलाई थेग्न नसकेको उहाँको भनाई छ ।
पछिल्लो समय जनतामा राष्ट्रिय विकास प्रति वेचैनी रहेको बताउँदै उहाँले अहिले नागरिक पार्टी प्रति भन्दा पनि नेपालको अधोगति किन भइरहेको छ भन्नेमा बढी चिन्तित भएका छन् ।