ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी

  सल्यान खबर डेस्क २०८१ माघ २२ गते मंगलबार १९:५०:१९ मा प्रकाशित

माघ २२,सल्यान 
प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भूम प्रकाश भण्डारी निर्वाचित हुनु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा सल्यानको सातौं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा वामदेव केसी, सचिव चुडामणि पिएम, र कोषाध्यक्षमा कुल बहादुर रेउले रहनु भएको छ ।

यस्तै सदस्यहरुमा  धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली, पुर्णिमा डिसी रहनु भएको छ । अधिवेशनले केन्द्रीय परिषद सदस्यमा शंकर केसी र  शिवा डांगी , प्रदेश परिषद सदस्यमा झक्कु प्रसाद शर्मा  नोखिराम थापा बिक निर्वाचित हुनु भएको छ । 

अधिवेशनको उद्ध्घाटन गर्दै नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले पत्रकारिता क्षेत्रलाई फराकिलो दायरामा बढाउनुपर्ने बताएका छन् । पत्रकारिता क्षेत्र संकुचित हुने अवस्था भएकोले यसलाई अब फराकिलो दायरा बनाउनुपर्ने बताउनु भयो ।उहाँले विभिन्न कालखण्डमा राज्यले कहीँ गल्ती गर्छ भने त्यसलाई सहि मार्गमा ल्याउन पत्रकारहरु जाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, “सुचना प्रविधिले अहिले संसार हल्लाउन थालिसक्यो । त्यहि भएर पत्रकारिताको क्षेत्रलाई पनि फराकिलो दायरा बनाएर सशक्त बनाउनुपर्छ ।”

प्रेस चौतारीले एमालेको भातृ संगठनको रुपमा मात्रै काम नगरेर आमा जनजीविका सवालमा सकारात्मक काम गर्नुपर्ने उनले सुझाव दिए । “प्रेस चौतारी एउटा इतिहास बोकेको संगठन हो । यसले एमालेको विचारधारालाई आत्मसात गर्दै जनतामा राम्रो सन्देश प्रवाह हुनेगरी आम जनजीविका सवालहरु उठाउनुपर्छ”, उहाँले भन्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top