ट्रेण्डिङ

होमपेज / राजनीति

सिफारिसको माग गर्दै सल्यान बागचौर नगरपालिका नौ मा तालाबन्दी

  सल्यान खबर डेस्क २०८१ माघ २१ गते सोमबार १६:२७:२४ मा प्रकाशित

माघ २१,सल्यान 
सल्यानको बागचौर नगरपालिका–९ का स्थानीय बासिन्दाले मुहान दर्ताको सिफारिसको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । 
वडाका ९४ घरपरिवारले उपभोग गर्दै आएको पानीको मुहान वडा नं ८ लाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको तर उपभोक्ता समितिलाई सिफारिस नदिएको आरोप स्थानीयको छ । उनीहरूले वडाध्यक्ष कार्यालयमा नआएको र कुनै पनि सदस्यलाई कार्यवाहक जिम्मेवारी नदिएको भन्दै विरोध जनाएका छन् ।  

९४ घरपरिवारको तर्फबाट जारी सयुक्त विज्ञप्तिमा वडाध्यक्षले ३५ दिने सूचना पश्चात दिइने सिफारिस दिन नमानि कार्यालयमा उपस्थित नभई र अन्य सदस्यहरुलाई समेत कार्यबहाकको जिम्मेवारी दिई मानेमानि तरिकाले कार्यक्षेत्र बाहिर गएकाले पटक पटक फोन, इमेल मार्फत सिफारिसका लागि अनुरोध गर्दा पनि त्यसको कुनै सुनुवाई नभएकाले बाध्य भएर वडा कार्यालयमा ताला बन्दी गर्नु परेको उल्लेख गरिएको छ । 

वडाध्यक्ष यज्ञ बहादुर डाँगीले भने आफूले सिफारिस नदिएको भन्ने आरोप गलत भएको बताउनु भएको छ ।  उहाँका अनुसार माग गरिएको स्थानमा वास्तविक मुहान नभएको र खोला नै मुहानको रूपमा दर्ता गर्नुपर्ने भएकाले सिफारिस दिन असहज भएको बताउनु भयो । डाँगीले भन्नु भयो नगारे खोला प्राकृतिक रूपमा खोला हो, मुहान होइन। अघिल्लो सरकारले लुगाधुने खोलालाई वडा नं ८ को लागि मुहान दर्ता गर्न सिफारिस गरेको थियो । तर, अहिले चौखेढुंगामा मुहान दर्ताको माग भइरहेको छ । सिफारिस गर्दा सबै विवरण खुलाएर दिनुपर्ने हुन्छ, तर उहाँहरूले त्यसलाई स्वीकार्न चाहनुभएको छैन् । 
 स्थानीयको कदमलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले ऐक्यबद्धता जनाएका छन । सबै राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्तरूपमा हस्ताक्षर गरि वडाध्यक्षले अटेरी गरेर कार्यालयमा नगएको जनाएका छन । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top