ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिकका जनजिविकाका सवालमा केन्द्रित छौँ : शाही

  सल्यान खबर डेस्क २०८१ पौष २२ गते सोमबार २०:०६:५७ मा प्रकाशित

पौष २२,सल्यान
नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले नागरिकका जनजिविकाका सवाललाई केन्द्रित गरेर काम गरिहेको बताउनु भएको छ । प्रेस युनियन सल्यानले जिल्लाको खलंगामा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । काम गर्न खोजिरहेको अवस्थामा पटक पटक सरकार फेरवदल भैरहने हुदा नागरिकले सोचे अनुसार काम गर्न नसकेपनि जनताको जिवनस्तर उकास्ने काममा कटिवद्ध भएर लागिरहेको बताउनु भयो ।  

प्रतिनिधि सभा सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले अझैपनि जनताका समस्या राज्य सँग पुग्न नसकेकाले यी सवाललाई केन्द्रित गरेर काम गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो,“ जनताको काम गर्नको लागि तिन तहको सरकार छ, केन्द्रमा सरकारले गति लिरहेको छ, त्यति निराशाजनक छैन, सबै गरिसक्यौ भन्ने होइन, पहिलेको तुलनामा अहिले केही बिकास भएको छ । प्रयास जारी छ । ठुला योजनामा संघ सरकारले काम गर्नुपर्ने र सार्वजनिक महत्वका बिषयमा प्रदेश र स्थानिय तहले  ध्यानमा राखेर काम गरिरहेको बताउनु भयो ।  संघ र प्रदेश सरकार भन्दा स्थानिय तहको भूमिका बढि हुने भएकाले भैरहेका बिकास निर्माणका योजनामा सम्पन्न गर्नमा स्थानिय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।  उहाले भन्नुभयो प्रदेश सरकारलाई अधिकार सम्पन्न नवनाए प्रदेश तहको औचित्य पुस्टि गर्ने चुनौति वढेको छ ।

नेता शाहीले भुकम्पको पुननिर्माणका लागि सरकार गम्भिर भएर लागि परेको बताउनु भयो । भुकम्प बाट क्षति भएका बिद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि कर्णाली प्रदेश सरकारले तिन जिल्लामा बजेट पठाएको बताउनु भयो । अर्को प्रशंगमा वाइडवडी काण्डमा बिना प्रमाण मुद्धा खेप्नु परेकाले ढिलै भएपनि आफुले न्याय पाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top