ट्रेण्डिङ

होमपेज / राजनीति

पालिकाबीचको आवागमनमा रोक लगाउने सरकारको निर्णय

  सल्यान खबर डेस्क २०७६ चैत्र २२ गते शनिबार २०:४५:२६ मा प्रकाशित

चैत २२, २०७६ काठमाडौं :

सरकारले एउटा गाउँपालिकाबाट अर्को गाउँपालिकाको आवागमन रोक्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारी निवासी पुल्चोकमा यसबारेमा जानकारी दिएका हुन्।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top