ट्रेण्डिङ

होमपेज / राजनीति

समाजवादीका केन्द्रीय परिषद् सदस्य सहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्किए

  सल्यान खबर डेस्क २०८१ मंसिर २२ गते शनिबार १७:५९:०५ मा प्रकाशित

सल्यान, २२ मङ्सिर ।

सल्यानमा एकीकृत समाजवादीबाट नेकपा एमालेमा दुई दर्जन बढी नेताकार्यकर्ता फर्किएका छन् ।  । शनिवार  श्रीनगरमा आयोजित कार्यक्रममा नेकपा एमालेले समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य, जिल्ला कमिटी सदस्यहरू सहित ३५ जना नेता कार्यकर्तालाई स्वागत गरेको छ ।

विगतको भुललाई सच्याउँदै र जनप्रिय पार्टी एमालेलाई अझै सशक्त बनाउने प्रतिबद्धता सहित समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष गणेश बुढाथोकी सहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्कनुभएको हो । उहाहरुलाइ एमालेमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरू सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भीम बहादुर सेन लगायतका नेताहरूले यो समायोजनले एमालेप्रति जनताको बढ्दो विश्वास पुष्टि गरेको र सङ्गठित भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

एमालेमै फर्किएपछि कार्यक्रममा बोल्दै समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसीले पार्टी फुटेर बनाएको नयाँ सङ्गठनले मजबुत र औचित्य देखाउन नसकेको र एमालेकै नेतृत्वमा देश र जनताको सेवा गर्न सकिन्छ भन्ने निष्कर्षसाथ आफैले निर्माण गरेको पुरानो पार्टीमा फर्किएको बताउनुभयो । यस्तै समाजवादीका जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सचिव नवराज बुढाथोकीले बोल्दै विगतमा भावनामा बगेर गलत निर्णयमा पुगिएछ भन्ने महसुस भएको र एकताले मात्रै बलियो राजनीतिक भविष्य सुनिश्चित गर्न सक्छ भन्ने विश्वासको साथ विना कुनै स्वार्थ एमालेमै फर्किएको बताउनुभयो ।

एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरूमा समाजवादीका शारदा नगर कमिटी सदस्य हेमा शर्मा, इन्द्रा बिक, भरत बुढाथोकी, जीवराज शर्मा, रमेश बिक, वडा कमिटी उपाध्यक्ष यज्ञ बहादुर बिक सहित कैलाश बुढाथोकी, जोगेन्द्र बिक, केशव बिक, राम बहादुर बुढाथोकी, पोस्कर बिक, खिम बहादुर डाँगी, आशा विक, किरण बिक, श्रीधर बिक, किरण बुढाथोकी, नशिव बिक, किरणप्रताव बिक, रश्मि लामा बिक, भूपेन्द्र बिक, निर्मला थापा, सीता बस्नेत, अन्जित कुमार श्रेष्ठ, सुरेश बिक, हिरालाल रावत, खड्ग बहादुर रेउले, राम बहादुर बिक, कर्ण बहादुर खत्री, रुद्र बहादुर थापा, कालिका खड्का, खुम बहादुर बिक रहनुभएको छ । नेकपा एमाले शारदा नगर कमिटीले श्रीनगर मा आयोजना गरेको कार्यक्रम समाजवादीका नेता कार्यकर्ताहरुलाइ स्वागत गरिएको हो ।

नगर कमिटी अध्यक्ष महेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुष्पा बोहरा, उपसचिव द्वय गणेशमान सिंह, सनशिल्ता वली डिसी लगायत जिल्ला कमिटी सदस्यहरू, विभिन्न जन वर्गीय सङ्गठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । नगर कमिटी उपाध्यक्ष राम बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विनोद चलाउनेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top