होमपेज / राजनीति
असोज ३,सल्यान
संविधान दिवसको अवसरमा सल्यानमा दिप प्रज्वलन गरिएको छ । अखिल (क्रान्तिकारीं ) सल्यानको आयोजनामा शारदा नगरपालिका १ श्रीनगर बजारमा विहिबार साँझ दिप प्रज्वलन गरिएको हो ।
नेपालको संविधानको स्थापना भएको सम्झनामा नेपालको नक्सा, झण्डा बनाएर दिप प्रज्वलन गरिएको हो । वि.स .२०७२ सालमा जारी भएको संविधानको ९ औँ दिवस देश भर नै हर्षा उल्लासका साथमा मनाइएको छ । दिप प्रज्वलन पछि बोल्दै नेकपा माओवादी (केन्द्र) का सल्यान जिल्ला अध्यक्ष मान बहादुर मल्लले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्ने लागि पर्नु पर्ने बताउनु भयो । उहाँले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताउनु भयो ।
संविधानसभा निर्वाचनमार्फत संविधान बनाउने कुरामा जीवन आहुति दिनेहरुप्रति श्रद्धा–सुमन व्यक्त गर्नुको साथै घाइतेहरुप्रति घीघ्र स्वास्थ्यलाभको कामना, बेपत्ता नागरिकहरुप्रति सम्झना गर्दै संविधान कार्यान्वयन गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भयो ।
दिप प्रज्वलन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव राजेन्द्र भण्डारी, अखिल (क्रान्तिकारी) सल्यानका निवर्तमान जिल्ला अध्यक्ष रमेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।