होमपेज / राजनीति
भदौ २३
नेपाल इन्जियर्स एसोसिएसन (नेइए) को आसन्न लुम्बिनी प्रदेशको प्रदेश कार्यकारिणी समितिको उप सभापतिका उम्मेदवार इन्जिनियर रमेश शर्माले संस्थालाई पारदर्शी र सहभागितामुलक ढंगले सञ्चालन गर्ने बताउनु भएको छ ।
निर्माण परियोजनाहरुमा सामाजिक तथा वातावरणिय समावेश गर्ने आफ्नो प्रतिवद्धता रहेको उहाँको भनाई छ ।
आफ्नो मुख्य लक्ष्य भनेको संगठनात्मक सुधार गर्ने, तलव निर्धारणमा पारदर्शिता र न्यायसंगतता सुनिश्चित गर्ने, शिक्षा र तालिमको विकास गर्ने, इन्जिनियरिङ क्षेत्रलाई प्रोत्साहित गर्न नीति बनाउने रहेको बताउनु भयो ।
यस्तै प्रविधिमा पहुँच र उपकरण उपलब्धता सुनिश्चित गर्ने, गुणस्तरिय र दिगो पूर्वाधार निर्माणमा योगदान गर्ने रहेको शर्माको भनाई छ ।
नेइएको ३४औँ कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन २८ भदौमा शुक्रबार हुँदै छ ।
को हुन उपसभापति पदका उम्मेदवार शर्मा
कर्णाली प्रदेशको सल्यान बागचौर नगरपालिका ३ पुतालिबासमा जन्मिएका ई रमेश शर्मा लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश पूर्वाधार विकास प्राधिकरणमा अब्बल ईन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ हाल म्बिनी प्रादेशिक अस्पतालका प्रोजेक्ट म्यानेजरको जिम्मेवारी पनि सम्हाल्दै हुनुहुन्छ। उहाँले १४. ४ मेगावाटको hydropower परियोजना, ५.५ मेगावाटको रुकुमगाड hydropowe, र ७७ मेगावाटको सोलु umbu hydropower निर्माणमा महत्वपूर्ण भूमिका निभई सक्नु भएको छ ।
ई रमेश शर्मा तेस्रो कार्यकारिणी समिति लुम्बिनी प्रदेशको उप सभापति पदका उम्मेदवारका रूपमा चयन हुनु
भएको छ । उहाँको जनताको लागि समर्पित भावना र विकासका लागि गरेको मेहनतलाई दृष्टिगत गर्दै, यो सही समय हो कि हामी उहाँलाई अत्यधिक मत दिएर विजय बनाउन सक्छौं। उहाँको अनुभव र दृष्टिकोणले लुम्बिनी प्रदेशको विकासमा नयाँ दिशा दिन सक्छ।
ई रमेश शर्मा लुम्बिनी प्रदेशको भलाई र विकासमा प्रतिबद्ध हुनुहुन्छ। उहाँको नेतृत्वमा, प्रदेशले समग्र विकास र इन्फ्रास्ट्रक्चरका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्छ। उहाँले अघि बढाउने योजनाहरूले युवा रोजगार सिर्जना, आधारभूत सेवाहरूको पहुँच र सामाजिक समावेशिता जस्ता महत्वपूर्ण विषयहरूमा ध्यान केन्द्रित गर्नेछ।