ट्रेण्डिङ

होमपेज / राजनीति

कोरोनाविरुद्धको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको अपिल

  सल्यान खबर डेस्क २०७६ चैत्र २१ गते शुक्रबार २०:५९:४६ मा प्रकाशित

चैत २१, २०७६ काठमाडौं :

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चाल्न नसकेकाले नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप नलिएको बताएकी छन्। 

शुक्रबार साँझ नेपाल टेलिभिनजमार्फत देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका कामको प्रशंसा गरेकी हुन्। 'कोरोना रोकथामका लागि अहिले सरकारले गरिरकेको गृहकार्यलाई विश्‍ले प्रशंसा गरिरहेको छ', उनले भनिन्, 'सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गरेर सबै नेपाली जनताले घर भित्रै बसिदिनुहोला।'

उनले देशवासीलाई सम्बोधन गर्दै घरभित्रै बसेर सामाजिक दूरी कायम गरिरहेमा कोरोनासँग लड्न सकिने बताइन्। राष्ट्रपति भण्डारीले नेपाली जनताले अझै सजगता अपनाउन सकेमा देशमा कोरोना संक्रमण फैलिएर महामारीको अवस्था आउन नसक्ने पनि उल्लेख गरिन्

।  उनले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले राहत कार्यक्रम ल्याएको पनि स्मरण गराइन्। 'लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरहरु धेरै प्रभावित भइरहेका छन्। दैनिक ज्याला गरेर छाक टार्ने वर्गहरुका लागि सरकारले विभिन्‍न राहत प्याकेज घोषणा गरिसकेको छ।' राष्ट्रपति भण्डारी कोभिड-१९ भाइरसले विश्‍वभर नै संकट ल्याएको पनि उल्लेख गरिन्। 'कोरोना भाइरसले ल्याएको संकटले विश्‍वभरकै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको छ', उनले थपिन्, 'नेपालमा पनि असर देखिँदैछ।

देशको अर्थतन्त्रमा ठूलो असर पर्न नदिन सरकारले लकडाउन हटेपछि आवश्यक र उचित कदम चाल्नेछ।' उनले सम्बोधनका क्रममा प्रवासी नेपालीलाई पनि स्मरण गरिन्। 'विभिन्‍न देशमा रहेका नेपालीहरु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, त्यस्तै अवस्थामा सुरक्षित भएर बस्‍नुहोला', उनले भनिन्, 'सबैले आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रहनु अहिलेको पहिलो आवश्यकता हो।' राष्ट्रपतिले अहिलेको संकटको घडीमा विश्‍वले नै साथ दिइरहेको बताइन्।

'नेपाललाई छिमेकीसहित विश्वका विभिन्‍न देश र संस्थाहरुले प्रदान गरेको सहयोग स्मरणीय छ', उनले भनिन्, 'यो सहयोगको तत्परताका लागि म सबैलाई धन्यवाद दिन चहान्छु।' राष्ट्रपति भण्डारीले अहिलेको यो संकटको परिस्थितिमा सबै राजनीतिक दल, उद्योग, व्यापारी र संस्थाहरुलाई पनि एकै ठाउँमा उभिन अपिल गरिन्। उनले आफ्नो क्षमताले सकेसम्म सरकार र जनतालाई सघाउन पनि अपिल गरेकी छन्। 

राष्ट्रपति भण्डारीले कोरोना भाइरसका कुनै पनि बिरामीको उपचारमा सरकारले कसर नछाड्ने पनि उल्लेख गरिन्। 'कोरोना भाइरसका बिरामीको उपचारमा सरकार तम्तयार छ', उनले भनिन्, 'यो संकटको घडीमा बिरामीको उपचारका लागि निरन्तर परिचालित भइरहनु भएका सबैलाई धन्यवाद दिन्छु', उनले अगाडि भनिन्, 'डाक्टर, नर्स र समग्र स्वास्थ्यकर्मीको धैर्यताको उच्च सम्मान गर्छु। कोरोनाविरुद्धको यो लडाईंमा मानव जातिले छिट्टै जित्‍ने विश्वास लिएकी छु।'
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top