होमपेज / राजनीति
साउन २६,सल्यान
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली प्रदेशमा ठूला उद्योगीहरुलाई भित्र्याउन नीतिगत रुपमा परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ । अहिलेको निति ठूला उद्योगीहरुलाई झन्झटिलो प्रक्रिया हुँदा उद्योग सञ्चालन गर्न कठिनाई भएको बताउनु भयो ।
शनिबार सल्यानमा श्रीनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेश जडिबुडी, प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलले भरिपूर्ण प्रदेश भएकाले यसलाई कर्णाली प्रदेश सरकारले उपयोग गर्न सक्नु पने बताउनु भयो ।
आफ्नो जतिदिनको कार्यकाल भएपनि किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणको व्यवस्थाका लागि सहजीकरण गर्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘किसानहरुले उत्पादन गरेको बस्तुको सहज बजारीकरण नहुँदा किसानहरु उक्त पेसाबाट विमुख हुनु पर्ने बाध्यताको अन्त्यका लागि लागि पर्छु ।’
यस्तै मन्त्री अधिकारीले आफू र आफ्नो कार्यालय मातहातका सबै कार्यालयको प्रमुख एजेण्डा नै भ्रष्टाचारको अन्त्य गर्ने रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘जनतालाई शुसाशनको प्रत्याभूति दिलाउन भ्रष्टाचार, बेमाइनी गरिने छैन र गर्न दिइने पनि छ्रैन ।’





.jpg)