ट्रेण्डिङ

होमपेज / राजनीति

छत्रेश्वरीमा एमाले निकट कर्मचारी संगठनको अधिवेशन सम्पन्न

  सल्यान खबर डेस्क २०८१ जेठ १९ गते शनिबार २१:५९:५० मा प्रकाशित

सल्यान, १९ जेठ ।

नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन छत्रेश्वरी गाउँपालिका कमिटिको अध्यक्षमा दुर्गा बहादुर केसी चयन भएका छन् । शनिबार भोटेचौरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा १४ सदस्यीय पालिका कमिटी गठन गरेको हो । 

जसको उपाध्यक्षमा नवीन चन्द, सचिव शर्मीला डिसि, सहसचिव तिलक पुन र कोषाध्यक्ष पवन केसी रहेका छन् । सदस्यहरुमा निमा बस्नेत, मिना पुन, रुपलाल गिरि, भिम नेपाली, हरिकला बिष्ट, नवीन बुढा, युवराज पुन, निराजन बुढाथोकी, रविन्द्र खड्का र कमला शाही चन्द रहेका छन् । 

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यो संगठन नेपालका अरु संगठन भन्दा जेठो, परिपक्व र अनुभवी संगठन रहेको भन्दै कर्मचारिको हक हितमा क्रियाशिल बन्दै संगठनलाई बलियो बनाउनतर्फ लाग्न आग्रह गरे । 

कार्यक्रममा निजामती कर्मचारी संगठन सल्यानका इन्चार्ज प्रकाश शर्मा अधिकारी, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, छत्रेश्वरी ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, निजामती कर्मचारी संगठन सल्यानका अध्यक्ष ध्रुव बहादुर खत्री, एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का सहित पालिका कमिटीका पदाधिकारी, राष्ट्रसेवक सहकारी सल्यानका अध्यक्ष नवराज आचार्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल प्रदेश कमिटी सदस्य तथा सल्यान जिल्ला उपाध्यक्ष शिशिर रिजाल, निजामती कर्मचारी संगठन कपुरकोट गाउँपालिकाका अध्यक्ष श्रीधर लामिछाने लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top