होमपेज / राजनीति
वैशाख २७,सल्यान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) सल्यान आउनु हुने भएको छ । सल्यानको दार्मा गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन गर्न प्रचण्ड सल्यान आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री आउने भएपछि दार्मा गाउँपालिका वरपरको क्षेत्रमा सफा गर्ने र सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रशासकीय भवन उद्घाटनको तयारी पुरा भएको र भोली बिहान १० बजे प्रचण्डले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनु भयो ।