ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न

  सल्यान खबर डेस्क २०८१ बैशाख ८ गते शनिबार १९:३४:४५ मा प्रकाशित

वैशाख ८,सल्यान 
सल्यान उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान पाँचबजेसम्म निर्धारण गरिएको थियो । निर्वाचन समितिका अनुसार १४९५ मत खसेको छ । २१ पदका लागि ४२ जना उम्मेदवारहरुको प्रतिस्पर्धामा १९२६ मतदाता मध्ये १४९५ जनाले मतदान गरेका छन् । 

मतपेटिका सिल संगै बांकी प्रक्रिया सुरु हुने निर्वाचन संयोजक वीर बहादुर सेजवालले जनाएका छन् । निर्वाचन समितिले सम्बन्धित उम्मेद्वार तथा सरोकारवाला संग बैठक बसेर आवश्यक आचारसंहिता तथा नियम बनाउने छ ।  सम्भव त आज राती ८ बजेदेखी नै मतगणना सुरु हुनेछ । मतगणना स्थलको सुरक्षाको लागि तार जाली र सिसि क्यामेरा संगै सुरक्षाकर्मिको प्रवन्ध मिलाइएको छ ।

आगामी नयाँ नेतृत्वको लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मान बहादुर वली, सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले प्रतिष्पर्धा गर्दैछन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top