ट्रेण्डिङ

होमपेज / राजनीति

नागरिक उन्मुक्तिकाे केन्द्रीय समिति बैठकमा रन्जिता-रेशम पक्षबीच हात हालाहाल

  सल्यान खबर डेस्क २०८० चैत्र १९ गते सोमबार १४:३६:४३ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै हात हालाहाल भएको छ। अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका बेला नेताबीच हात हालाहाल भएको हो।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समितिलाई आधिकारिक मानिएकाे छ।

यता रेशम पक्षका नेताले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको स्थिति आएको नेता रामलाल डगौरा थारूले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top