होमपेज / राजनीति
सल्यान, १८ चैत ।
नेकपा एमाले सल्यानको १० औं जिल्ला अधिवेशन सुरु भएको छ । तीन दिन सम्म चल्ने अधिबेशनको आइतवार जिल्ला समन्वय समितीको हल खलंगामा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्नुभएको हो । अधिवेशनमा भूगोलबाट २ सय १० जना, सल्लाहकार परिषदबाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीतबाट १७ जना गरि ३ सय ५१ जना प्रतिनिधि सहभागी अधिबेशनमा सहभागि भएका छन् ।
अधिबेशनको उद्घाटन गर्दै उपाध्यक्ष ज्ञवालीले ८४ को चुनावमा नेकपा एमाले एक्लै लड्ने बताउनुभएको छ । ‘अहिले कम्युनिस्ट पार्टी विचको सत्ता समिकरण छ, यो हाम्रो चाहाना मात्रै होइन्, देशको आवश्यकता पनि हो, अहिले समिकरणमा रहेका दलहरु पनि भोलीका दिनमा को कता जान्छ, त्यसको कुनै ग्यारेन्टि नै छैन्’ उहाँले भन्नुभयो ‘एमाले कसैको बैशाखी बोकेर हिड्दैन्, चुनावमा एक्लै लड्छ ।’
अधिबेशनको उद्घाटन सत्रमा बोल्दै एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले समाजवादको लक्ष्य प्राप्तिको लागि पार्टी भित्रको आन्तरिक द्धन्द्ध अन्त्य गरिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा। विजय सुब्बा, पार्टीका पोलिट्ब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह लगायतका नेताहरुले बोल्नुभएको थियो ।
पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भिम बहादुर सेनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी सचिव ओज बहादुर बुढाथोकीले गर्नुभएको थियो । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।





.jpg)