होमपेज / राजनीति
फागुन १,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सल्यानले २९ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । माओवादी केन्द्र शारदा नगरकमिटिले सल्यान श्रीनगरमा नेपाल रेडक्रस सोसाइटी, सल्यान जिल्ला अस्पताल र परोपकार अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा विभिन्न ३२ व्यक्तिहरुले रक्तदान गरेको माओवादी केन्द्रले जनाएको छ । सल्यानमा ब्लड बैंक नहुँदा बिरामीले सास्ती व्यहोर्दै आइरहेका छन् । सल्यान जिल्ला अस्पतालमा सधै रगतको अभाव खट्की रहने भएकाले दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य मान बहादुर मल्लले जानकारी दिनु भयो । सकंलन भएको रगत सल्यान जिल्ला अस्पतालमा राखिने र आवश्यक बिरामीले प्रयोग गर्ने उहाँको भनाई छ । उहाँले भन्नु भयो २० दिनसम्म सल्यान अस्पतालमा रहन्छ यदि २० दिनसम्म पनि खपत भएन भने नेपाल रेडक्रस सोसाइटी दाङमा पठाउछौं ।
नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागि भएको शारदा नगरकमिटि अध्यक्ष नविन भडेलले बताउनु भयो । आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएको र रक्तदानले नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास लिएको भडेलले बताउनु भयो । रक्तदान गर्नु जीवनदान सरह नै भएकाले पार्टीले सञ्चालन गरेको जनयुद्धको २९ औं दिवसको अवसरमा रचनात्मक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।





.jpg)