होमपेज / राजनीति
माघ २२,सल्यान
नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगरका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैधले देशमा देखिएको आर्थिक संकटलाई टार्न सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने बताउनु भएको छ ।
सोमबार सल्यान उद्योग वाणिज्य संघको १२ औं साधारण सभा तथा नवौं अधिवेशनमा बोल्दै उपाध्यक्ष वैद्यले सरकार सहित संघसंस्था तथा वित्तिय संस्था मिलेर आर्थिक समस्या समाधान गर्न तिर लाग्नु पर्ने बताउनु भयो ।
अहिले देखिएको आर्थिक संकट नेपालमात्र नभएर विश्वभर देखिएकाले विश्वव्यापी देखिएको आर्थिक मन्दीलाई कुनै एक क्षेत्रको कारणले भयो भन्नु भन्दा सबै मिलौं र समाधान गर्नतर्फ लागौं उहाँले भन्नु भयो ।
राजनीतिक दलहरुलाई उद्योगी व्यवसायी राजनीतिमा आउछन् भन्ने डर देखिएकाले आफूहरु राजनीतिमा नआउने भएकाले ढुक्कले राजनीतिक कार्यमा लाग्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो हामी व्यापार व्यावसायमै व्यस्त छौं उद्योगी व्यवसायी आएर राजनीति गर्छन की भन्ने राजनीतिक दललाई डर लाग्ने गरेको छ । ढुक्कले राजनीति गर्नुस हामी राजनीतिमा आउँदैनौं ।
यस्तै उद्योग वाणिज्य संघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले कर्णाली प्रदेशभित्र राष्ट्यि तथा अन्तराष्ट्रिय दातृ निकाय भित्रउन लगानी सम्मेलन गर्न थालेको बताउनु भयो । कर्णाली प्रदेश सरकार उद्योग वाणिज्य संघको पहलमा प्रदेशमा लगानी भित्र्याउन सल्यानका सम्भावना के हुन तिनको खोजी गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





.jpg)