ट्रेण्डिङ

होमपेज / राजनीति

कोरोना कहर: कर्णाली प्रदेशले दक्षिण कोरियाको नीति आत्मसाथ गर्दै

  सल्यान खबर डेस्क २०७६ चैत्र १९ गते बुधबार ११:३६:२६ मा प्रकाशित

चैत १९, सल्यान 
कर्णाली प्रदेश सरकारले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न दक्षिण कोरियाको नीति अपनाउने भएको छ ।


 जुन घरा, जुन, टोलमा रोग फैलिन्छ त्यही सम्पूर्ण जनशक्ति केन्द्रीत गरिने भएको छ । जुन दक्षिण कोरियामा निकै फलदायी मानिएको छ र अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणका विरामीको संख्यामा उल्लेख्य सुधार आएको छ । जुन घरमा जुन, टोलमा जुन गाउँ वडामा रोग फैलिन्छ त्यही सम्पूर्ण जनशक्ति केन्द्रित गरेर ठीक पार्ने योजनाका साथ कर्णाली प्रदेश लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीेले बताए । 


दक्षिण कोरियाको नीति अवलम्बन गर्न प्रदेशले तीन महिनाका लागि दसै जिल्लामा करारमा स्वासथ्यकर्मी भर्ना गर्न लागेको बताए ।  सशक्त रुपमा कोरोना भाइरसका विरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रको अध्ययन गरी बेरोजगार भई बसेका दक्ष जनशक्तिलाई करारमा भर्ना गछौं उनले भने । 


ग्रामीण क्षेत्रमा यातायातको पहुँच नपुगेका स्थानमा शंकास्पद विरामीको स्वाब परीक्षण गर्र्नु परेमा हेलिकोप्टरसम्म प्रयोग गर्न सकिने मुख्यमन्त्री शाहीले बताए । मुख्यमन्त्री शाहीले हुम्ला, मुगुतिर परम्परागत रुपमा बस्तु गोठ खर्क तिर वा अन्य कुनै स्थानमा बस्तु लिएर जाने चलनलाई समेत सदुपयोग गरेर पनि कोरोना संक्रमणबाट बच्न र बताउन सकिने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top