ट्रेण्डिङ

होमपेज / राजनीति

बिना कारण हटाएको भन्दै बागचौर नगरपालिकाका कर्मचारी आन्दोलित

  सल्यान खबर डेस्क २०८० मंसिर २७ गते बुधबार १७:२१:३८ मा प्रकाशित

मंसिर २७,सल्यान 
बिना कारण कर्मचारी हटाएको भन्दै सल्यानको बागचौर नगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । नगरकार्यपालिका बैठकले करारका केही कर्मचारी हटाउने निर्णय गरेसँगै कर्मचारीले विरोध जनाएका छन् ।

नगरमा कार्यरत स्थायी तथा करारका कर्मचारीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनता र कर्मचारीको अभिभावकको रुपमा रहनुपर्ने स्थानिय सरकारले बिना कारण, पुर्व जानकारी नगराई कर्मचारीको रोजिरोटी खोस्नुले कर्मचारी त्रसित र भयभित भई काम गर्ने बातावरण नै प्रतिकुल बनेको जनाएका छन् । नगरसभाले गरेको निर्णय फिर्ता लिई बार्तामार्फत समस्याको समाधान खोज्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

‘वार्ता र सम्वादको परिस्थिती नहुँदासम्म योजना सम्झौता, प्राविधिक इष्टिमेट लगायतका विकास निर्माणसँग सम्बन्धित कार्यहरु नगर्ने र दैनिक प्रशासनिक कार्यहरु यथावत रुपमा सञ्चालन गर्नेकुरा यसै विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौँ’ जारी बिज्ञप्तीमा भनिएको छ ।

अघिल्लो स्थानिय सरकारको पालामा नियुक्त भएका तीन प्राविधिक र दुई कार्यालय सहयोगीलाई मंसिर२४ गते बसेको नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।सव–इन्जिनियरहरु खकेन्द्र वली, प्रेम कवर र नरिभान विक ,माली कमला भण्डारी र कार्यालय सहयोगी बिमला डाँगीलाई हटाउने कार्यपालिका बैठकले निर्णय गरेको हो ।

यता मेयर जनकराज गौतमले कमजोर कार्यसम्पादन भएका कर्मचारीलाई केहि महिना पहिले देखी नै सचेत गराइएको र कार्यसम्पादनमा सुधार नभएकाले करार सम्झौता थप नगर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘कार्यसम्पादनलाई सुधार गर्न बेलाबेलामा सचेत बनाउदैँ आएका थियौँ, कार्यालयमा नआउने, आएपनि काम नगर्ने, राजनिति गर्ने, सेवाग्राहीको सजिलोसँग काम नगर्ने कर्मचारीलाई म्याद नपर्ने निर्णय भएको हो ’ उहाँले भन्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top