होमपेज / राजनीति
मङ्सिर २६, सल्यान
नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति सल्यानको जिल्ला भेला सल्यानमा सम्पन्न भएको छ।भेलाले गणेश परियार संयोजक र लालबहादुर सुनार सचिव रहेको ३१ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ।
जसको सदस्यहरूमा धानिराम नेपाली ,लाल बहादुर बिक, टेकमान बिक, डम्बर परियार,मङ्गल बिक, कमला बिक, पठ वीर बिक, मुनिराम बिक, जेदे बिक, मन बहादुर दुलाल,कल्पना बिक,अनिल बिक,पवन राज बिक,हजारी बिक,सबिता सुनार,वीर बहादुर बस्याल,गोविन्द बिक, कमला सुनार निर्वाचित हुनुभएको छ ।
जिल्ला भेलाबाट नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले १४ प्रतिशत दलित समुदायको अग्र अधिकार प्राप्तिका लागि माओवादी आन्दोलनबाट नै सफल भएको बताउनु भयो ।
हिजो दलित समुदायलाई दास र अछुत बनाउने राज्य सत्ताका विरुद्ध माओवादी आन्दोलनमा एकताबद्ध भएको दलित समुदाय अहिले राज्यसत्ताको मूल ढोकामा पुग्ने योगदान नै माओवादी पार्टीको रहेको ठोकुवा गर्नुभयो ।
माओवादी आन्दोलनबाट राजनीति व्यवस्था परिवर्तन भयो अब दलितको अवस्था परिवर्तन गर्न दलित आन्दोलनको आवश्यकता भएको बताउनुभयो ।
संवैधानिक व्यवस्थामा दलित समुदायको अग्र अधिकार लिपिबद्ध भएको छ त्यसको कार्यान्वयन र संस्थागत गर्न दलित समुदाय नेपालको संविधान धारा २४ र धारा ४० बमोजिमको वैधानिक मोर्चाबाट नै दलित समुदायको सामाजिक न्याय प्राप्त गर्न वडा स्थानीय सरकार ,प्रदेश सरकार सँग वैधानिक आन्दोलन गर्न सके मात्रै संविधान कार्यान्वयन हुने भएको जिकिर गर्नुभयो । नेपालको शासकीय संरचना र राजकीय पदमा राना र एकात्मक राज्य सत्ता राजतन्त्रको पालामा कुनै दलित समुदाय प्रतिनिधित्व नभएको दलित समुदायलाई दास, हालिया, र वालीघरेमा बाँच्न बाध्य बनाएको तथ्य अहिले जीवित छन् त्यही अवशेष मेटाउन माओवादी आन्दोलन भएको र सबै दलित समुदाय मुक्ति पनि माओवादी पार्टीमा नै भएको प्रस्ट पार्नु भयो।
उहाँले भन्नुभयो अहिले सबै वडा तहमा दलित जनप्रतिनिधि अनिवार्य भएको,सङ्घीयता , समानुपातिक समावेशीकरण भएको सङ्घीयता विरोधीलाई मन परेको छैन यो व्यवस्था बचाउने सके दलित, अल्पसङ्ख्यक, उत्पीडितहरूको अधिकार प्राप्त हुने भएकोले व्यवस्था विरोधीका निम्ति दलित समुदाय एकजुट हुन निर्देशन गर्नुभयो।
मोर्चाका प्रदेश सहसचिव भीम बहादुर परियारको अध्यक्षता पार्टी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य पूर्व कानुन मन्त्री सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख आतिथ्य पार्टी केन्द्रीय सदस्य मोर्चाका वरिष्ठ उपाध्यक्ष पुष्प बादीको विशिष्ट आतिथ्य,पार्टी केन्द्रीय सदस्य सल्यान जिल्ला संयोजक कीर्ति बहादुर पुन प्रकाण्ड, प्रदेश समिति सदस्य तथा निर्वाचन क्षेत्र नं २ संयोजक मान बहादुर मल्ल, मोर्चाका केन्द्रीय सदस्य मान सि बिक,जिल्ला समन्वय समिति सदस्य मोहन लाल बुढाथोकी, छत्रेश्वरी गाउँ समिति अध्यक्ष हिमाल यात्री,YCLजिल्ला संयोजक धन बहादुर परियारको विशेष उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको हो।





.jpg)