ट्रेण्डिङ

होमपेज / राजनीति

खेलाडीले अध्ययन,अनुशासन र अतिरिक्त क्रियाकलापमा ध्यान दिनु पर्छःमन्त्री ज्वाला

  सल्यान खबर डेस्क २०८० मंसिर २३ गते शनिबार ०८:४१:४७ मा प्रकाशित

सन्तोष घर्ती मङ्सिर,२३ सल्यान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खेलकुदको विकासका लागि खेलाडीले अध्ययन,अनुशासन र अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । मन्त्री ज्वालाले खेलकुदले राष्ट्रलाई चिनाउने काम गरेकाले सरकारले पनि खेलकुदको प्रबद्र्धनका लागि विशेष कार्यक्रम बनाएको बताउनु भयो । कपुरकोट गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गदै मन्त्री ज्वालाले खेलाडीको सफलताका लागि शिक्षक र अभिभावक विशेष भूमिका हुने बताउनु भयो ।

कपुरकोट गाउँपालिकाले जागरण अभियान लगायतका बिभिन्न महत्त्वपूर्ण कामको सुरुवात गरेको छ । गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन केन्द्रीय र प्रदेश सरकारको तर्फबाट विशेष साथ रहन्छ । उहाँले भन्नु भयो:ʽचुनावका बेला हामी एक अर्का सँग प्रतिस्पर्धा गरे पनि विकास निर्माणमा सबै दल मिल्न आवश्यक छ ।ʼजसले गर्दा जनताको चाहाना अनुरूप विकास निर्माणका कार्यहरू तीव्र गतिमा गर्न सकिन्छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले कृषि एम्बुलेन्स मार्फत कपुरकोट तरकारीको बजारीकरण,राप्ती राजमार्गको स्तरोन्नति, सोलाबाङ रिम छाँयानाथ सडक बिस्तार, कपुरकोट फलावाङ सडक निर्माणको कार्य अगाडी बढेका जनाउँदै समग्र गाउँपालिका भित्रको विकास निर्माणको कार्यमा केन्द्रीय सरकारले विशेष सहयोग गर्ने बताउनुभयो ।

कपुरकोट खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,उपाध्यक्ष प्रकाश भण्डारी,निबर्तमान उपाध्यक्ष तिला बुढा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली लगायतकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सफलताका लागि शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top