ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाण्डौको सिहंदरवार गाउँ गाउँ ल्याउँदा विकृति पनि सँगै आएः नेता यादव

  सल्यान खबर डेस्क २०८० मंसिर २१ गते बिहीबार ०८:३०:४२ मा प्रकाशित

मङ्सिर २१,सल्यान 

नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका प्रसाद यादवले राष्ट्रघातीहरूका विरुद्ध फेरी एक पटक आन्दोलन गर्नु पर्ने अवस्था आएको बताउनु भएको छ । माओवादीले सञ्चालन गरेको तीन महिने विशेष अभियानले राष्ट्रघातीहरूका विरुद्ध आन्दोलन गर्न वातावरण निर्माण गरी रहेको बताउनु भयो । 

बुधवार सल्यानको बागचौरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा सङ्कल्प सभालाई सम्बोधन गर्दै नेता यादवले काठमाण्डौंको सिहंदरवार गाउँ गाउँ ल्याउँदा विकृति र विसङ्गति पनि सँगसँगै आउँदा गाउँका सिहंदरवारमा पनि समस्या देखा परेको बताउनु भयो । उहाँले भन्नु भयो जनतालाई आफ्नै गाउँघरमा सिहंदरवारको अधिकार त दिलाउन सफल भयौँ तर त्यस सँगसँगै केही विकृति पनि साथमा आउँदा जटिलता देखिएको छ । 

त्यस खालका विकृतिलाई रोक्न माओवादीले सबै तहमा सजगता अपनाउँदै खबरदारी गर्नु पर्ने उहाँको जोड रहेको छ । 

माओवादी विगतमा भन्दा अहिले बिग्रिएको स्वीकार गर्दै उहाँले शान्ति प्रक्रियापछि काँग्रेस र एमालेको सङ्गतका कारण आफूहरू बिग्रिएको बताउनु भयो । 

यस्तै कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले व्यवस्था परिवर्तनसँगै जनताको आथिक व्यवस्था फेर्न नसक्दा केही प्रतिगामी तत्त्वहरू त्यसलाई टेकेर टाउको उठाउने प्रयत्न गरी रहेको बताउनु भयो । जनताको तीव्रता विकासको आकाक्षांलाइ आत्मसाथ गर्न नसक्नुमा राजनीतिक अस्थिरता प्रमुख कारण रहेको बताउँदै माओवादी पार्टीलाई स्पष्ट बहुमतको आवश्यकता रहेको औँल्याउनु भयो । जनताको अलग्एिर पार्टी बन्न नसक्ने बताउँदै नेता शाहीले माओवादीका कार्यशैली, जीवनशैली बदल्न सके पहिलेको जस्तै माओवादीलाई जनताले साथ सहयोग गर्ने दाबी गर्नु भयो । 

यस्तै सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीहरू मसानघाटमा पुगेर राजतन्त्र पुनर्स्थापना अलाप गरी रहेको बताउनु भयो । मसानघाटको मसानले गणतन्त्रलाई तर्साउन नसक्ने उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top