ट्रेण्डिङ

होमपेज / राजनीति

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा २८३ अपाङ्गता भएका व्यक्तिलाई सम्मान

  सल्यान खबर डेस्क २०८० मंसिर १७ गते आइतबार १७:३६:३५ मा प्रकाशित

 मङ्सिर १७,सल्यान 

दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मूल नाराका साथ सल्यान बनगाड कुपिण्डे नगरपालिकामा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । 

नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने मेयर कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु भयो । अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएको समेत उहाँको भनाई छ । अपाङ्गता  भएका व्यक्तिहरूले पनि अपाङ्गले जस्तै विभिन्न प्रकार ठुलठुला काम गरिरहेकाले मनमा इच्छा शक्ति र अठोट हुने पर्ने बताउनु भयो ।  नगरपालिका अपाङ्ग व्यक्तिहरू पनि विभिन्न तालिम कार्यक्रम समेत सञ्चालन गरेको  र आउदो दिनमा समेत गर्ने बताउनु भएको छ ।

केही अपाङ्ग व्यक्तिहरुकी उपचार बाट पनि सपाङ्ग बनाउन पहल गर्न सकिने समेत बताउनु भएको छ । क्षमता अनुसारको सीप सिकाउने समेत बताउनु भएको छ । नगर उप प्रमुख पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, ६ न वडा अध्यक्ष गणेश बिसी, शिक्षा शाखा प्रमुख चक्रबहादुर रावत, स्वास्थ्य शाखा प्रमुख वासुदेव पोखरेल लगायतले मन्तव्य राख्नु भएको थियो भने सहजीकरण लक्ष्मी साहीले गर्नु भएको कार्यक्रम स्वागत मन्तव्य निरु साहीले गर्नु भएको थियो । बनगाडमा  क वर्गको ७८ जना, ख १३८ जनाले, ग ३३ जनाले , घ वर्गको३४ जना गरेर जम्मा २८३ जना रहेको  महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निरु शाहीले जानकारी दिनु भएको छ ।  अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान स्वरूप खादा माला लाएर सम्मान गरिएको छ ।

हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरूको समावेशिताका लागि दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top