ट्रेण्डिङ

होमपेज / राजनीति

कृषिमा प्रबिधिको प्रयोग महत्वपुर्ण छ : कृषि मन्त्री शर्मा

  सल्यान खबर डेस्क २०८० आश्विन २८ गते आइतबार २२:०१:५७ मा प्रकाशित

असोज २८, सल्यान

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा कृषि क्षेत्रमा प्रबिधिको प्रयोग महत्वपुर्ण रहेको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानले आज सल्यानको अलंगामा आयोजना गरेको नेपालीहरुको महानचाड वडा दशैँ शुभदिपावली छडपर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा कृषि आधुनिकीकरण र प्रवद्र्धनमा सञ्चार माध्यामको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले पछिल्लो समय कृषि क्षेत्रमा प्रबिधिको प्रयोग बढ्दै गएकाले उत्पादन क्षेमता बढाउन प्रबिधि नै महत्वपुर्ण माध्याम भएको बताउनु भयो ।

कृषि र कृषकलाई आधुनिकीकरण र प्रवद्र्धनमा जोडन सरकार लागि परेको बताउदै उहाँले कृषि र कृषकका समस्या पहिचान गर्नमा सञ्चार माध्यामको भूमिका पनि महत्वपुर्ण रहने बताउनु भयो । पछिल्लो समय बिषादीको प्रयोग बढदै गैरहेकाले यसलाई न्युउनिकरण गर्न पत्रकारिताको माध्याम बाट पहल गर्नुपर्ने बताउनु भयो ।

कृषिमन्त्री शर्माले भन्नु भयो,“ कर्णाली प्रदेश सरकार रैथाने बालीलाई जोगाउनु पर्छ, बिषादिको कम प्रयोग गर्नुपर्छ भनेर लागि परेका छ” तर यहाँ बिषादि र रासायनिक मलको प्रयोग भने बढिरहेको छ, एकातिर मुल्य बृद्धि बढदै गैरहको छ हाम्रो उत्पादन क्षेमता भने घटिरहेको छ । यसलाई कसरी सुधार गर्न सकिन्छ सञ्चार माध्यामको पनि खोजीको बिषय भएको बताउनु भयो ।

मन्त्री शर्माले परम्परागत खेतीलाई पनि आधुनिक खेती प्रणालीमा जोडन र बिकास गर्न सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो । कर्णालीमा प्रदेश सरकारले मुल्यवान लोगो बनाई सञ्चालनमा ल्याएकाले यहाँ उत्पादन भएको अर्गानिक बस्तुलाई प्रमाणीकरण गरेर बाहिर पठाउने तयारी गरिरहेको बताउनु भयो ।

प्रदेश सरकारले अर्गानिक अदुवा बेसार उत्पादन गर्ने किसानलाई प्रति किलो १० रुपैया दरले किसानको खातामा जाने व्यवस्था गरिएको कृषि मन्त्री शर्माले बताउनु भयो ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानले आयोजना गरेको नेपालीहरुको महानचाड वडा दशैँ शुभदिपावली छडपर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा तथा माओवादी रुपान्तरण अभियानका सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारी, निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का, पशु अस्पताल तथा पशु सेवा कार्यालयका सल्यानका प्रमुख गोबिन्द महत, डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महत, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्की, शसस्त्र प्रहरी प्रमुख शुसिल श्रेष्ठ, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख संजिव चौधरी लगायतले शुभकामना मन्तव्य राख्दै कृषिलाई अव पर्यटन सँग जोडन आवश्यक रहेको बताउनु भएको थियो ।

प्रेस सेन्टर नेपाल सल्यानका जिल्ला अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बहादुर बुढाथोकीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top