ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई जनही तीन लाख दिने

  सल्यान खबर डेस्क २०८० आश्विन २४ गते बुधबार १६:३६:०० मा प्रकाशित

असोज २४,सल्यान कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न शीर्षकमा झण्डै सवा ६ करोड रूपैयाँ वितरण गर्ने निर्णय गरेको हो। त्यसमध्ये किसानलाई राहत स्वरूप ६ करोड रूपैयाँ वितरण गरिने कर्णाली सरकारले जनाएको छ।

गत भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले  बाली, पशु चौपाया क्षति भएका किसानलाई राहत रकम उपलब्ध गराइने छ।

बैठकले इजरायलमा मारिएका कर्णाली प्रदेशका नेपाली विद्यार्थीका परिवारलाई  जनही ३ लाख रूपैयाँ राहत उपलब्ध  गराउने निर्णय पनि गरेको छ। 

बैठकले नेपाल बार एशोसिएसनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रूपैयाँ दिने निर्णय समेत गरेको छ। बारको वार्षिक साधारणसभा गत असोज १२ गते सुर्खेतमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top