ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र सल्यानद्धारा जिल्ला प्रशासन कार्यालय लगायत दशै पालिकामा मागपत्र पेश

  सल्यान खबर डेस्क २०८० आश्विन २१ गते आइतबार २१:४३:१७ मा प्रकाशित

असोज २१,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्दै) सल्यानले जिल्ला प्रशासन कार्यालय र १० वटै स्थानीय पालिकाहरुमा माग पत्र पेश गरेको छ । 
माग पत्रमा  शिक्षा , स्वास्थ्य , यातायात , विद्युत लगायतका क्षेत्रमा सुधारको मागसहित ज्ञापनपत्र बुझाएका छन् । नाराजुलुस सहित पालिका केन्द्रमा पुगेर उनीहरुले पालिकाहरुका समस्याहरुका बारेमा माग पत्र पेश गरेका हुन । 

मागपत्रमा सेवाग्राहीलाई छिटो छरितो र सर्वसुलभ तरिकाले सेवा प्रदान गर्ने , सबै पालिकावासीलाई सूचनाको हक दिनुपर्ने , शुसासन कायम गर्नुपर्ने , देखिने कमिसन , भ्रष्टाचार मिलेमतो (सेटिङ) लगायत अन्त्य गरिनुपर्ने , विकास निर्माण गर्दा जनप्रतिनिधि र कर्मचारीको सेटिङमा उपभोक्ता समिती गठन गर्ने , स्थानीय पालिकालाइ भर्ती केन्द्र , पार्टी कार्यालय बनाउन अन्त्य गरिनुपर्ने , खुला प्रतिस्पर्धाबाट दक्ष कर्मचारी राख्ने व्यवस्था मिलाउने , विभिन्न वहानामा हुने सबै चुहावटलाई अन्त्य गरिनुपर्ने , किसानलाइ उचित सर्वसुलभ , समयमै मल , बीउ , बिसादी उपलब्ध गराउनुपर्ने , वास्तविक किसानलाई अनुदान राहत तथा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने तथा किसानको उत्पादनलाई वास्तविक मुल्यमा बजारीकरणको व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top